धनगढीमा मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु 

 

अत्तरिया – कैलालीको धनगढीमा मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्रीको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका – २ पुरानो भन्सार रोडमा मोटरसाइकलले ठक्कर दिदाँ स्थानीय ५५ बर्षिय नेत्र प्रसाद पन्तको मृत्यु भएको हो ।

maya metro hospital

स्थानीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ घाइते भएका पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

joshi vada pasal 2

प्रहरीले मोटरसाइकल, चालक र मोटरसाइकलमा सवार बैतडीको दशरथचन्द नगरपालिका – ८ का २२ बर्षिय रामचन्द्र बर्मालाई  नियन्त्रणमा लिइको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.